अब डिभी लट्री आवेदनका लागि १ डलर शुल्क अनिवार्य
काठमाडौं । अमेरिकी डिभी (डाइभर्सिटी भिसा) लट्री आवेदन अब निःशुल्क रहने छैन। अमेरिकी विदेश मन्त्रालयले डिभी आवेदन फारम भर्दा सबै आवेदकले १ अमेरिकी डलर शुल्क तिर्नुपर्ने निर्णय गरेको छ। अमेरिकाको फेडरल रजिष्टरले सार्वजनिक गरेको सूचनामा उल्लेख भएअनुसार, धोखाधडी घटाउने र प्रशासनिक खर्च सबै आवेदकमाझ बाँड्ने उद्देश्यले यो शुल्क लागू गर्न लागिएको हो।
यो नयाँ नियम सन् २०२७ को डिभी लट्री कार्यक्रमदेखि लागू हुनेछ, जसको आवेदन प्रक्रिया सन् २०२५ को अक्टोबरको सुरुवातबाट खुल्नेछ।नयाँ शुल्कका साथसाथै डिभी आवेदनका लागि पहिलेदेखि लागू रहेको पासपोर्ट अनिवार्यताको नियम यथावत राखिएको छ। साथै, डिभी लट्री परेपछि अन्तर्वार्ता प्रक्रियाका क्रममा तिर्नुपर्ने ३३० अमेरिकी डलर भिसा शुल्क पनि यथावत रहनेछ।
आवेदन शुल्क कसरी तिर्ने?
अमेरिकी विदेश मन्त्रालयले डिभी लट्री आवेदन शुल्क तिर्ने तरिका, भुक्तानी पोर्टल, र नियम लागू हुने देशबारे विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ। यद्यपि हाल उपलब्ध जानकारीअनुसार आवेदन फारम अनलाइन भर्दा नै भुक्तानी अप्सन खुल्नेछ। शुल्क तिरेपछि मात्र फारम सबमिट गर्न सकिनेछ।
डिजिटल भुक्तानीका लागि भिसा, मास्टर कार्ड, पेपल, अमेरिकन एक्सप्रेस लगायतका अन्तर्राष्ट्रिय कार्ड प्रयोग गर्न सकिनेछ। नेपालमा विशेषगरी भिसा, मास्टर कार्डहरू सर्वाधिक प्रचलित र भरपर्दा मानिन्छन्, जुन विभिन्न वाणिज्य बैंकमार्फत उपलब्ध छन्।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

