नेपाली सडकमा एक हजारभन्दा बढी नामी : नेपालमै तीव्र गतिमा विस्तार भइरहेको प्रिमियम ह्याचब्याक
काठमाडौं । नेपाली सडकमा १ हजार भन्दा बढी नामी ईभी गुड्न थालेका छन् । यही खुसीयालीमा नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि मोटर्सले खुसीयाली मनाएको बताइएको छ । हालै सम्पन्न एमएडब्ल्यु वृद्धि एक्सचेन्ज कार्निभलको समापनसँगै सो खुसीयाली मनाएको हो ।
एलिस रिसेप्सनमा सम्पन्न केक काट्ने कार्यक्रममा मिडिया, आगन्तुकहरू र एमएडब्लू वृद्धि नेतृत्वको उपस्थिति थियो। कार्यक्रममा एमएडब्लूका वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया र एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्तसँगै डिलर साझेदारहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।
नामी करिब १४ महिनाअगाडि सन् २०२४ अगस्ट २२ मा नेपाली बजारमा आएको हो। यो गाडीले नेपालको ईभी बजारमा भव्य उपस्थिति जनाउँदै पहिलोपटक नाडा अटो शो २०२४ मा ‘शो स्टपर’को रूपमा प्रदर्शित भएको थियो र त्यहीँबाट ग्राहकमाझ यो निकै लोकप्रिय बनेको कम्पनीको भनाइ छ।
यसमा वेलकमिङ सिट, अटो पार्किङ, फ्रेमलेस डुअर, फ्लस ह्यान्डलजस्ता सेगमेन्ट-फर्स्ट फिचरहरूका साथै लेभल २ एडास , वायरलेस चार्जिङ र भेन्टिलेटेड सिटजस्ता सेगमेन्टमै उत्कृष्ट अत्याधुनिक प्रविधिहरू रहेका छन्।
कम्पनीका अनुसार, नामीले वास्तविक यात्रामा ३२० किलोमिटरभन्दा बढी रेन्ज दिनसक्ने भएकाले ग्राहकहरूले यसलाई निकै मन पराएका छन् भने यसको डिजाइन, प्रिमियम फिचर र रङका विकल्पको पनि निकै आकर्षक छन्।
कार्यक्रममा बोल्दै, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, “ग्राहकहरू नामीलाई यस कारण मन पराउँछन् कि यसले प्रविधि, डिजाइन र उपयोगिताको उत्कृष्ट संयोजन गरेको छ। यसले आफ्नो सेगमेन्टमा उत्कृष्ट फिचर, राम्रो रेन्ज र अपेक्षा गरिएभन्दा बढि अनुभव पनि प्रदान गर्छ।”
बोल्ड डिजाइन, अत्याधुनिक प्रविधि र उच्च गुणस्तरका कारण नामीले नेपालको इभी ह्याचब्याक अनुभवलाई नयाँ परिभाषा दिइरहेको छ र देशमा इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई अघि बढाइरहेको बताइएको छ।
सम्बन्धित समाचार
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

