विदेश अध्ययनका लागि नेपाली विद्यार्थीमार्फत ३२ अर्बभन्दा बढी रकम बाहिरियो
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीमार्फत ठूलो मात्रामा वैदेशिक मुद्राको बाहिरिनु जारी छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनासम्मको विवरणअनुसार, भदौ महिनामा मात्र नेपाली विद्यार्थीहरूले ३२ अर्ब ७६ करोड रुपैयाँ विदेश लगेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको २८ अर्ब २० करोडको तुलनामा उल्लेखनीय वृद्धि हो।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण खर्च पनि वृद्धि भएको छ। भ्रमण खर्च ९.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३१ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४३ अर्ब १८ करोड थियो। त्यस्तै, समीक्षा अवधिमा खुद सेवा आयमा ३१ अर्ब १६ करोड रुपैयाँको घाटा देखिएको छ। गत वर्षको यही अवधिमा यो घाटा २७ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो।
तर, सेवा खातामार्फत नेपाल आउने भ्रमण आय भने ९.८ प्रतिशतले वृद्धि भई ११ अर्ब ५८ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा भ्रमण आय १० अर्ब ५५ करोड थियो।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
