काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
यस्तै आज चाँदीले पनि रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २७५ रुपैयाँमा पुगेको छ ।