Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, कार्तिक, ११
प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीहरूको नाममा रहेको कुल ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले यसअघि ती शेयरहरू संस्थापक शेयरधनीहरूकै बीच प्राथमिकता दिई बिक्रीमा राखिसकेको थियो। तर अब ती शेयर सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ।

शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा कुनै संघ–संस्थाले आवश्यक कागजातसहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

बैंकले इच्छुक खरीदकर्तालाई तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको छ।

Top Changing Nepal

युट्युब सट्स