उच्च पहाडी क्षेत्रमा व्यापक हिमपात, मुस्ताङ र मनाङमा हिउँले ढाक्यो
काठमाडौं । एकाएक मौसमी परिवर्तनसँगै देशका विभिन्न उच्च पहाडी क्षेत्रहरूमा व्यापक हिमपात सुरु भएको छ। हिमपातका कारण मुस्ताङको मुक्तिनाथ क्षेत्र, मनाङको ट्याङ्की मनाङ लगायतका गाउँहरू सेताम्य भएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका उच्च पहाडी भूभागमा हिमपातको सम्भावना रहेको थियो, जसअनुसार मुस्ताङमा पहिले नै हिमपात सुरु भइसकेको छ। स्थानीय प्रशासनले हिमपात भारी हुन सक्ने भन्दै नयाँ पर्यटक तथा यात्रुलाई मुस्ताङ भ्रमणमा ननिस्कन आग्रह गरेको छ।
विभागका विज्ञहरूले जनाएअनुसार, अहिलेको हिमपात पश्चिमी वायुको प्रभावका कारण भएको हो। यो प्रणालीका कारण हिमपात उत्तरी गोरखा, धादिङ, रसुवा हुँदै पूर्वतर्फ सर्दै जाने सम्भावना रहेको छ।
जल तथा मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थले काठमाडौं उपत्यकाभित्र प्रत्यक्ष हिउँ पर्ने सम्भावना नरहेको बताए। तर उनले भने, “काठमाडौं उपत्यकाभित्र होइन, वरपरका अग्ला पहाडहरूमा हिउँ पर्न सक्छ।”
त्यसअनुसार, काठमाडौं उपत्यका नजिकका उच्च स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैबीच, दोलखाको कालिन्चोक लगायतका क्षेत्रहरूमा पनि आज रातिसम्म हिउँ पर्ने सम्भावना विभागले जनाएको छ।
विभागले मौसमको अस्थिर अवस्थालाई ध्यानमा राख्दै उच्च भेगका बासिन्दा, यात्री तथा पर्यटकहरूलाई सतर्क रहन आग्रह गरेको छ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

