• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिकोत्सवः सेवामा उत्कृष्टता र उज्वल भविष्यप्रतिको दृढ प्रतिबद्धता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। संस्थाको स्थापनादेखि यात्रालाई गौरवपूर्ण उपलब्धि र जिम्मेवारीको प्रतिकको रूपमा आत्मसात गर्दै बैंकले बिहीबार आफ्नो केन्द्रिय कार्यालय बालुवाटारमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले विगत दुई दशक लामो यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला पक्षप्रति आभार प्रकट गर्दै बैंकको सफलतामा सबैको योगदान रहेको बताए। उनले शेयरधनी, ग्राहक, नियामक निकाय, सञ्चालक, कर्मचारी तथा साझेदार संस्थाहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै सांग्रिलाले सामाजिक उत्तरदायित्व र ग्राहकमैत्री सेवा प्रवाहमा निरन्तर उदाहरणीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। अध्यक्ष सत्यालका अनुसार, बैंकले आफ्ना सेवाहरूलाई अझ सुदृढ, सहज र दिगो बनाउन आगामी दिनमा नयाँ प्रविधि र नविनतम अवधारणालाई प्राथमिकतामा राख्ने योजना बनाएको छ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अहिलेसम्मको यात्रामा साथ दिने सबै सञ्चालक समितिका पदाधिकारी, कर्मचारी, ग्राहक, नियमनकारी निकाय तथा शेयरधनीलाई धन्यवाद ज्ञापन गरे । उनले यो लामो सम्बन्धलाई अझ उत्कृष्ट आधुनिक र स्मार्ट सेवाका साथ आगामी दिनमा अझ प्रगाढ र सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

वार्षिकोत्सवको अवसरमा बैंकले ‘बाँड्दै न्यानोपन, जोड्दै आफ्नोपन’ अभियानको घोषणा गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिने यस अभियानमा ‘लिड फर नेपाल’ नामक संस्थासँग सहकार्य गरिने छ। बैंकका १० वटा क्लस्टर कार्यालयमार्फत न्यानो कपडा संकलन गरी हालै बाढीपहिरोबाट प्रभावित इलामका नागरिकलाई वितरण गरिनेछ। साथै, बैंकले आफ्नै तर्फबाट पनि ज्याकेटलगायतका न्यानो कपडा प्रदान गर्ने घोषणा गरेको छ। यस अभियानको उद्देश्य समाजका विपन्न तथा संकटमा परेका नागरिकमा सहयोग र आत्मीयता जगाउने रहेको बताइएको छ।

त्यसैगरी, वार्षिकोत्सवकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी र सरोकारवाला गरी ३२ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा दीर्घकालीन सेवाप्रति समर्पित कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो। बैंकमा पाँच, दश र पन्ध्र वर्ष पूरा गरेका २० जना कर्मचारीलाई प्रशंसा पत्र र सम्मान प्रदान गरिएको थियो। यस कार्यले कर्मचारीहरूमा थप प्रेरणा जगाउने र संस्थाप्रतिको निष्ठा बलियो पार्ने विश्वास बैंकले व्यक्त गरेको छ।

स्थापनाकालदेखि नै “साथ विकासको” भन्ने नाराका साथ अघि बढेको सांग्रिला डेभलपमेन्ट बैंकले आज देशभरका ग्राहकहरूलाई सशक्त वित्तीय सेवामार्फत जोड्न सफल भएको छ। बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा विस्तार गरेको छ। ग्रामीण तथा शहरी दुवै क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउँदै आएको बैंकले डिजिटल बैंकिङ सेवा र ग्राहकमैत्री प्रविधि अपनाएर देशको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याइरहेको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ। नियामक निकायका मापदण्ड अनुरूप पारदर्शिता र उत्तरदायित्वका सिद्धान्तमा आधारित भएर सञ्चालन हुँदै आएको बैंकले सेवा विस्तारसँगै ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेको छ।

विगत दुई दशकको सफल यात्रापछि बैंकले आगामी वर्षहरूलाई अझ बढी प्रभावकारी, जिम्मेवार र प्रविधिमैत्री बनाउन रणनीतिक योजना अघि सारेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार, सांग्रिला केवल वित्तीय संस्था मात्र नभई समुदायसँगै सास फेर्ने संस्था हो, जसले प्रत्येक ग्राहक र समुदायसँगको सम्बन्धलाई ‘आफ्नोपन’ र ‘विश्वास’को आधारमा जोड्ने लक्ष्य राखेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    आज : नेप्से बढ्यो कि घट्यो ?
    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.