डिजिटल भुक्तानी निरन्तर वृद्धि, दुई महिनामा ६ खर्ब ५७ अर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिना (साउन र भदौ) मा डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका ताजा तथ्यांकअनुसार डेबिट कार्ड, मोबाइल बैंकिङ र क्युआर (QR) कोडमार्फत गरिएको कारोबारको कुल रकम ६ खर्ब ५७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकका अनुसार सो अवधिमा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८ लाख कारोबारमार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ बराबरको भुक्तानी गरेका छन्।
त्यसैगरी, मोबाइल बैंकिङ सेवामार्फत ६ करोड २५ लाख कारोबार भई कुल ४ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, क्युआर कोड भुक्तानी प्रणालीमार्फत ४ करोड १० लाख कारोबार गरी १ खर्ब १ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार सम्पन्न भएको राष्ट्र बैंकले जनाएको छ।
डिजिटल भुक्तानी माध्यमको तीव्र विस्तार र जनस्तरमा बढ्दो पहुँचका कारण इलेक्ट्रोनिक कारोबारको मात्रा पछिल्ला महिनाहरूमा निरन्तर वृद्धि भइरहेको बैंकको मूल्यांकन छ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

