काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार चार सय र चाँदी प्रतितोला रु ४५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।





