गरिमा विकास बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । कात्तिक १८ गते, मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंक लिमिटेड (GBBL) को शेयरमूल्य समायोजन गरिएको छ। साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले बुकक्लोज गरेको दिनसँगै नेप्सेले बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो।
समायोजनपछि बैंकको शेयरमूल्य प्रतिकित्ता ३९३ रुपैयाँ ४० पैसा कायम भएको नेप्सेले जनाएको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ४१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सोही मूल्यका आधारमा नेप्सेले समायोजन दर गणना गरेको हो। यही समायोजित मूल्यलाई आधार मानेर आजको कारोबारमा बैंकको शेयर मूल्य खुल्नेछ।
गरिमा विकास बैंकले कात्तिक २७ गते, बिहीबार, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा आफ्नो १९औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरू हुने तय गरिएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसका अतिरिक्त, सभाले बैंकको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, छाप तथा लोगो परिवर्तन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसनको प्रक्रिया अघि बढाउने, साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
सम्बन्धित समाचार
हिमाली क्षेत्रबाहेक देशका अधिकांश भूभागमा घाम लाग्ने सम्भावना
गण्डकी प्रदेश लोकसेवाले माग्यो १९५ कर्मचारी, कुन पदमा कति जनाको माग ?
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
नबिल एसएसईको पाँच वर्षमा ३१८ सामाजिक उद्यम स्थापना, १९ हजारभन्दा बढीलाई रोजगारीको अवसर
नागढुङ्गा सुरुङमार्गमा यात्रा गर्दै हुनुहुन्छ? अब सानिमा बैंकबाटै लिनुहोस् एन–ट्याग
सुनचाँदीको मूल्यमा वृद्धि, नेपाली बजारमा आज कति पुग्यो भाउ ?
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
