काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘बीबीबीप्लस’ (त्रिपल बी प्लस) रेटिङ प्राप्त गरेको छ ।
यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम, सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई जनाउँछ । ‘बीबीबीप्लस’ श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ ।
कम्पनीले ग्राहक वर्ग, अभिकर्ता र शेयरधनीहरूको निरन्तर विश्वासका लागि आभार प्रकट गर्दै अझ सुदृढ र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
हाल कम्पनीको देशभरिमा १४८ शाखा तथा उपशाखाबाट सेवा सञ्चालनमा रहेको छ ।





