स्टार्टअप व्यवसायका लागि कर्जा आवेदन खुल्यो
काठमाडौं । सरकारले स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्दै परियोजना प्रस्ताव आह्वान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाको प्रस्तावमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार सूचना जारी गर्दै इच्छुक उद्यमीहरूलाई आवेदन दिन अनुरोध गरेको हो।
यस ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि’ अनुसार, आवेदन पेश गर्न इच्छुक उद्यमीहरूले २१ दिनको समयभित्र प्रस्ताव बुझाउन सक्नेछन्। आवेदन दिने उद्यमीहरूले कार्यविधिको दफा ४ मा उल्लेखित योग्यता मापदण्ड पूरा गरेको हुनुपर्नेछ।
आवेदकहरूले सम्बन्धित क्षेत्रमा नवीनतम ज्ञान, रचनात्मक सोच, विशेष सीप र क्षमता भएको हुनुपर्ने प्रावधान राखिएको छ। परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार गरेर अनलाइन माध्यमबाट पेश गर्न सकिनेछ।
संशोधित कार्यविधिअनुसार, चालू आर्थिक वर्षमा एक जना स्टार्टअप उद्यमीले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। यसअघि सरकारले स्टार्टअपहरूलाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको थियो।

सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
