नबिल बैंकको नाफा १४.५७ प्रतिशतले घट्यो
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशतले कम हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकका अनुसार नाफा घट्नुको मुख्य कारण खुद ब्याज आम्दानीमा कमी र इम्पेरमेन्ट चार्जमा वृद्धि हो। चालु आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेको छ भने फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशतले बढेको छ।
यस अवधिमा बैंकको सञ्चालन नाफा १०.८४ प्रतिशतले घटेको छ। गत आवको पहिलो त्रैमासमा ४५ करोड ७७ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज बढेर अहिले ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ, प्रति सेयर आम्दानी (EPS) २५.९७ रुपैयाँ (३.८६ रुपैयाँले घटेको) र प्रति सेयर नेटवर्थ २४०.७२ रुपैयाँ रहेको छ।
नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ, जगेडा कोष ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ, निक्षेप संकलन ५ खर्ब ५६ अर्ब रुपैयाँ, र कर्जा लगानी ४ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ।
सम्बन्धित समाचार
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

