चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा दोहोरो अंकले घट्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२.०८३ को पहिलो त्रैमासम्ममा वाणिज्य बैंकले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार मुनाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो ।
बैंकहरुको नाफा गत आर्थिक वर्ष २०८१.०८२ को तुलनामा भने दोहोरो अकंले घटेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा वाणिज्य बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख ५८ हजार रुपैयाँ नाफा कमाएका थिए । यसअवधिमा १५ बैंकको नाफा घटेको छ भने ५ बैंकको मात्रै बढेको छ । ५ बैंकको मुनाफा भने अर्ब क्लबमा रहेको हो ।
सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले तीन महिनाको अवधिमा आफ्नो मुनाफा २२.९२ प्रतिशतले बढाएर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । तर, उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने १४.५७ प्रतिशतले कम हो ।
त्यसैगरी, प्राइम बैंक सर्वाधिक नाफा आर्जन गर्ने सूचीको तेस्रो नम्बरमा रहेको छ । समिक्षा अवधिमा प्राइमले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २।२० प्रतिशतले कम हो ।
धेरै नाफा आर्जन गर्ने चौथो नम्बरमा रहेको एभरेष्ट बैंकको ४.५७ प्रतिशतले बढेर १ अर्ब १७ करोड ९२ लाख र पाँचौ नम्बरमा रहेको कुमारी बैंकको २ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
यसअवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने सरकारी कम्पनी राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले आफ्ना नाफा २९५ प्रतिशतले बढाएर ५९ करोड ८७ लाख रुपैयाँ पुराएको हो ।
पहिलो त्रैमाससम्मको अवधिमा नाफा आर्जन गर्ने बैंकहरुमा क्रमशः एनएमबी बैंकको २० प्रतिशतले घटेर ९१ करोड ५९ लाख, हिमालयन बैंकको ३ प्रतिशतले घटेर ७० करोड २८ लाख, स्टान्र्डड चार्टड बैंकको १९.७२ प्रतिशतले घटेर ६९ करोड २१ लाख, नेपाल बैंकको २.३१ प्रतिशतले घटेर ५८ करोड ८२ लाख, प्रभु बैंकको ४६.३३ प्रतिशतले घटेर ५५ करोड ८४ लाख, नेपाल एसबिआई बैंकको ३८.४३ प्रतिशतले घटेर ५० करोड १५ लाख र सानिमा बैंकको १३ प्रतिशतले बढेर ४५ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, माछापुच्छ्रे बैंकको नाफा ४१ करोड ७९ लाख, लक्ष्मी सनराइजको ३३ करोड २३ लाख, सिद्धार्थ बैंकको ३२ करोड ४० लाख, एनआईसी एशिया बैंकको १२ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ करोड ५० लाख र कृषि विकास बैंकको ५७ लाख ३८ हजार रुपैयाँ रहेको छ ।
यसअवधिमा सिटिजन्स बैंकको नाफा ऋणात्मक रहेको छ । तीन महिनाको अवधिमा बैंकको नाफा २२ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


