नक्कली बीमा दाबी गर्ने छ जना पक्राउ
काठमाडौं । प्रहरीले नक्कली सवारी दुर्घटना बनाएर बीमा रकम दावी गर्ने ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर गोदावरी–१४ का ३६ वर्षीय सुनिल महर्जन, ३३ वर्षीय बिकेश कुँवर, काठमाडौं–१२ का ५१ वर्षीय बिनोद डंगोल, सर्लाही इस्वरपुर–३ का ३९ वर्षीय सुनिल सापकोटा, काभ्रेपलाञ्चोक पाँचखाल–२ का ४८ वर्षीय हरिप्रसाद गौतम र बारा निजगढ–६ का ४५ वर्षीय मनोजकुमार आचार्य रहेका छन्।
जिल्ला प्रहरी परिसरका एक अधिकारीका अनुसार उनीहरूले नक्कली सवारी दुर्घटना खडा गरी सरकारी कार्यालयका नक्कली कागजात र छाप प्रयोग गरेर नक्कली घाइते बनाएर अस्पतालमा उपचार गरिएको जस्तो देखाउने कागजात तयार पारेका थिए। त्यसपछि उनीहरूले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट बीमा रकम दाबी गरेका थिए।
प्रहरीले पैसा भुक्तान गराउने उक्त कम्पनीका कर्मचारीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाई लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

