काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला मूल्य २ लाख ३८ हजार ६ सय रुपैयाँ तोकेको छ । शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज ३ हजार १५ रुपैयाँमा कारोबार भईरहेको छ ।





