कुलमान घिसिङद्वारा हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मेलम्ची आयोजनाको अवरोध हटाउन आग्रह
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले हेलम्बु गाउँपालिकालाई मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको पानी पथान्तरण अवरोध हटाउन आवश्यक पहल गर्न आग्रह गरेका छन्।
मन्त्रिले सोमबार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग संवाद गर्दै, विगतमा भएको सम्झौताअनुसार कार्यान्वयन नहुँदा काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिमा समस्या देखिएको भन्दै तत्काल समस्या समाधानका लागि हस्तक्षेपको आह्वान गरेका हुन्।
मन्त्री घिसिङले भनेका छन्, “पानी बन्द हुँदा उपत्यकामा समस्या देखिन थालेको छ, यसलाई गम्भीरताका साथ अघि बढाउन आवश्यक छ।”
हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले स्थानीयले उठाएका मुद्दा–मागहरु यथाशीघ्र पूरा गरिनुपर्ने उल्लेख गरेका छन्। तीमध्ये आयोजनाले लिएको जग्गा भाडा, सडक पिचिङ, सामाजिक न्यायका पहलहरु समावेश छन्।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
