कुलमान घिसिङद्वारा हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मेलम्ची आयोजनाको अवरोध हटाउन आग्रह
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले हेलम्बु गाउँपालिकालाई मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको पानी पथान्तरण अवरोध हटाउन आवश्यक पहल गर्न आग्रह गरेका छन्।
मन्त्रिले सोमबार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग संवाद गर्दै, विगतमा भएको सम्झौताअनुसार कार्यान्वयन नहुँदा काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिमा समस्या देखिएको भन्दै तत्काल समस्या समाधानका लागि हस्तक्षेपको आह्वान गरेका हुन्।
मन्त्री घिसिङले भनेका छन्, “पानी बन्द हुँदा उपत्यकामा समस्या देखिन थालेको छ, यसलाई गम्भीरताका साथ अघि बढाउन आवश्यक छ।”
हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले स्थानीयले उठाएका मुद्दा–मागहरु यथाशीघ्र पूरा गरिनुपर्ने उल्लेख गरेका छन्। तीमध्ये आयोजनाले लिएको जग्गा भाडा, सडक पिचिङ, सामाजिक न्यायका पहलहरु समावेश छन्।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

