Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८२’ आयोजना

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, कार्तिक, २७
गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८२’ आयोजना

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ मिति २०८२ मंसिर ६ गते, शनिबारका दिन गरिमा रोड रेसको दोस्रो संस्करण गरिमा रोड रेस, २०८२ आयोजना गर्न लागेको  बताइएको छ ।

विकास बैंकले गत वर्षदेखि शुरु गरेको गरिमा रोड रेस प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ समेत ५ किलोमिटरको हुनेछ ।

गत वर्ष खुला र कर्पोरेट विधामा मात्र रोड रेस प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरुलाई समेत समेट्ने उद्देश्यले भेट्रान विधा समेत थप गरिएको जनाइएको छ ।

करिब १,००० जना प्रतियोगी सहभागी हुने अपेक्षा रहेको गरिमा रोड रेस, २०८२ मा सहभागी प्रतियोगीहरुमध्ये खुलातर्फको दुवै समूहको विजेताले जनही रु.५०,००० र कर्पोरेट र भेट्रान तर्फ जनही रु.३०,००० नगद पुरस्कार प्राप्त गर्नेछन ।

साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले रु.३५,०००, तृतीय स्थान हासिल गर्नेले रु.२०,०००, चौथो स्थान हासिल गर्नेले रु.१५,००० र पाँचौ स्थान हासिल गर्नेले रु.१०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Top Changing Nepal

युट्युब सट्स