फोटोन ग्लोबल कन्फरेन्समा एमएडब्लु वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड
काठमाडौं । एमएडब्लू वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने “पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड” प्राप्त गरेको बताइएको छ। यो सम्मान बेइजिङ्गमा सम्पन्न फोटोन ग्लोबल कन्फरेन्स २०२६ मा प्रदान गरिएको हो।
१४० भन्दा बढी देशको सहभागिता रहेको कर्यक्रममा प्राप्त यो अवार्ड नेपालका लागि गर्वको विषय बनेको कम्पनीले जनाएको छ । फोटोनको लागि आजको दिनमा नेपाल विश्वव्यापी रूपमा प्रमुख ईभी बजारमध्ये एक हो, किनकि अहिले नेपालको कमर्शियल इभी क्षेत्रमा फोटोन दोस्रो स्थानमा पुगिसकेको छ जुन तथ्य नेपालको दिगो यातायाततर्फको प्रगतिको सूचक हो ।
फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गले प्रदान गरेको यो अवार्ड एमएडब्लु वृद्धिका म्यानेजिङ डाइरेक्टर विवेक सिकरियाले ग्रहण गरेका थिए। ‘यो उपलब्धि नेपालमा फोटोनको सफलतामा योगदान गर्ने सबै कर्मचारी, साझेदार र सहयोगीहरूको मेहनत, समर्पण र साझा लक्ष्यको परिणाम हो । एमएडब्लू वृद्धि आफ्नो सम्पूर्ण टिम र फोटोनलाई निरन्तरको विश्वास, सहयोग र साझेदारीका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछ । यी सबैले साझा प्रयास मार्फत् नेपाललाई इलेक्ट्रिक मोबिलिटीतर्फ अघि बढाउँदै दक्षिण एसियाको इभी विस्तारमा महत्वपूर्ण केन्द्रको रूपमा उभ्याइरहेका छन्’ सिकरियाले भने ।
फोटोन ग्लोबल पार्टनर्स कन्फरेन्स २०२५ नोभेम्बर ६ देखि १० सम्म बेइजिङमा सम्पन्न भएको थियो । ‘अ शेयर्ड भिजनः टु बी अ वल्र्ड–क्लास कमर्सियल भेहिकल इन्टरप्राइज’ भन्ने विषयवस्तुका साथ आयोजित यस कार्यक्रममा १४० भन्दा बढी देशका २ हजार भन्दा धेरै साझेदारहरूको सहभागिता थियो ।
कार्यक्रममा ११० अत्याधुनिक कमर्शियल भेहिकल्स प्रदर्शन गरिएका थिए र उद्योगको भविष्यलाई अघि बढाउने नवीनतम प्रविधि र अभिवृद्धि योजनाहरू पनि प्रस्तुत गरिएको थियो ।
एमएडब्लू वृद्धि कमर्शियलको बारेमा
एमएडब्लू वृद्धि कमर्शियल नेपालमा व्यवसायिक सवारीसाधनको एक प्रमुख आपूर्तिकर्ता हो, जो राम्रा र सहज प्रकारका यातायात समाधानको विकास र आपूर्तिका लागि प्रतिबद्ध रहेको जनाइएको छ। कम्पनी फोटोन सवारीसाधनको अधिकृत डिस्ट्रीब्युटर हो र ग्राहक आवश्यकता पूरा गर्न विश्वसनीयता, प्रदर्शन र सन्तुष्टिमा विशेष जोड दिन्छ।
एमएडब्लू वृद्धि कमर्शियलले व्यवसायिक ग्राहकहरूलाई उच्च गुणस्तरका सवारीसाधन र विश्वस्तरिय आफ्टर-सेल्स सर्भिस प्रदान गर्न देशभर शोरूम र सर्भिस सेन्टरहरूको सञ्जाल विस्तार गरिरहेको बताइएको छ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
