आज एनपीएलमा दुई खेल हुँदै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ।
दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। चारै टोली प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छन्। पहिलो खेलमा चितवनको कप्तानी कुशल मल्लले सम्हाल्नेछन् भने कर्णाली याक्सलाई सोमपाल कामीले नेतृत्व गर्नेछन्। त्यसैगरी, विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गर्नेछ भने पोखरा एभेन्जर्सलाई कुशल भुर्तेलले नेतृत्व गर्नेछन्।
गत संस्करणमा चितवन र कर्णाली याक्सबीच भएको दुवै खेलमा कर्णालीले जित निकालेको थियो। यस्तै, विराटनगर र पोखराबीच गत संस्करणमा भएको एकमात्र भिडन्तमा पोखरा एभेन्जर्स विजयी भएको थियो। सो खेलमा पोखराका रेमन रेइफर नायक बनेका थिए, र उनी यस संस्करणमा पनि पोखराकै टोलीबाट खेलिरहेका छन्।
यसअघि सोमबार सम्पन्न उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले विजयी सुरुआत गरिसकेको छ। सोसँगै काठमाडौंले अंकतालिकामा दुई अंक थपेको छ।
सम्बन्धित समाचार
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

