नबिल बैंकको प्रतिकित्ता ३०१ रुपैयाँमा संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना तीन जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीको प्रक्रिया सुरू गरेको छ। बैंकका संस्थापक जीत बहादुर श्रेष्ठका ५० हजार, जिज्ञाशा अर्यालका ५० हजार र जश श्रेष्ठका २५ हजार कित्ता शेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ।
बैंकका अनुसार हालका लागि यी शेयरहरू खरीद गर्न केवल बैंककै विद्यमान संस्थापक शेयरधनीहरू पात्र हुनेछ । इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र काठमाडौं दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर संख्या र प्रस्तावित मूल्य उल्लेख गरी गोप्य शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ।
जश श्रेष्ठका २५ हजार कित्ता शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु ३०१.१० तोकिएको छ। बाँकी १ लाख कित्ता शेयरको न्यूनतम मूल्य भने तोकिएको छैन।

सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

