• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, मङि्सर ०४, २०८२
बुधबार, मङि्सर ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो

कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ साल मंसिर ०३ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको भव्य उद्घाटन

६५० किलोमिटर सम्मको रेन्ज भएको जीएसी आयोन आई ६० चीनमा सार्वजनिक

एचपी बन्यो एनपीएल सिजन २ को लुब्रिकेन्ट पार्टनर

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री पोर्टलमा उपलब्ध

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

  • ४. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ६. २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने

  • ८. बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • ९. टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

  • १०. सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन

अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता

काठमाडौं । अग्नि समुहले आफ्नो ३५ औं वार्षिकोत्वस मनाएको छ । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालित यस फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव मनाएको बताएको छ ।

सो अवसरमा कम्पनीले बुढानीलकण्ठ र काठमाडौंमा आयोजित विशेष समारोहमा आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत समुदाय सशक्तिकरणतर्फ सार्थक योगदान पु-याउने उद्देश्यसहित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई महिन्द्रा एसयूभी४०० का दुई इलेक्ट्रिक एसयूभी हस्तान्तरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अग्नि फाउण्डेशनकी अध्यक्ष सुशान वैद्य श्रेष्ठले भनिन् ‘३५ वर्षको यात्रामा हामी हाम्रो ग्रुप, साझेदारहरू र समुदायसँगै अघि बढ्दै आएका छौँ । आज हामी यस इन्स्टिच्युटलाई बालबालिका र परिवारसम्म अझ धेरै सेवा र अवसर पु-याउन सहयोग गर्ने एउटा सानो तर अर्थपूर्ण कदम चालिरहेका छौँ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ केवल स्वास्थ्य सेवा प्रदान गर्ने संस्था मात्र होइन, यो आशा जोगाइने ठाउँ हो, परिवारले बल पाउने ठाउँ हो र भविष्यलाई सम्भारिने ठाउँ हो । यस्तो महत्वपूर्ण कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।’

त्यसैगरी उक्त कार्यक्रममा सहयोगको प्रभावबारे चर्चा गर्दै, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ का अध्यक्ष प्रा.डा. भगवान कोइरालाले भने, ‘यस इन्स्टिच्युटले विद्यालय स्वास्थ्य कार्यक्रम, जिल्ला स्वास्थ्य प्रणाली सुदृढीकरण तथा बालरोग पहिचानसहितका विभिन्न सामुदायिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमहरूमा अब यी सवारी साधन प्रयोग गरिनेछन् । संक्षेपमा भन्नुपर्दा, हजारौँ बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् र हाम्रो काम अधिक सहज तथा प्रभावकारी बनेपछि अप्रत्यक्ष रूपमा पनि धेरैले फाइदा लिन सक्नेछन् । स्वास्थ्य सेवा अझ सहज र पहुँचयोग्य बनाउन मद्दत पु-याएकोमा हामी अग्नि फाउण्डेशनप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’

वातावरणमैत्री, सुरक्षित र दिगो यात्रा सुविधायुक्त महिन्द्रा एसयूभी४०० इलेक्ट्रिक एसयूभीहरूले उक्त संस्थाका स्वास्थ्य, शिक्षा तथा समुदायमुखी कार्यक्रमको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

अग्नि फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र विपद्–व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर सक्रिय छ र सरकारी निकायहरूसँग सहकार्य गर्दै आएको बताइएको छ । यसअघि फाउण्डेशनले त्रिवि शिक्षण अस्पतालका पिआईसियु र एनआईसियु को मर्मत–सम्भार तथा स्तरोन्नति गरिसकेको छ । साथै, भर्ना भएका बालबालिकाका अभिभावकका लागि “अग्नि विङ” नामक सुविधासम्पन्न प्रतीक्षालय पनि स्थापना गरेको जनाएको छ ।

अग्नि समूहद्वारा गरिएको यो सहयोग समुदायप्रति उन्मुख संस्थागत जिम्मेवारीको उत्कृष्ट उदाहरण हो । ३५ वर्षको यात्राले समूहको प्रगतिलाई मात्र होइन, समुदायसँगको सहयात्रालाई पनि सुदृढ बनाएको छ कम्पनीले जनाएको छ ।

  • महिन्द्रा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता
काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो
कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा

लोकप्रिय

२०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

ताजा

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो

कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

Recent Posts

  • एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता
  • काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो
  • कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • २०८२ साल मंसिर ०३ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.