एचपी बन्यो एनपीएल सिजन २ को लुब्रिकेन्ट पार्टनर
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियम लिग (एनपीएल) को दोस्रो सिजनलाई एचपीले लुब्रिकेन्ट पार्टनरका रुपमा प्रायोजन गरेको छ । एचपीको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु पेट्रो प्रोडक्ट्स प्रालिले एनपीएल सिजन २ मा अधिकृत लुब्रिकेन्ट पार्टनर बन्ने विशेष साझेदारीको घोषणा गरेको छ ।
टीयू क्रिकेट मैदानमा आयोजित हस्ताक्षर कार्यक्रममा एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक अंकुर खनाल, महाप्रबन्धक प्रियदर्शी राय तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काबीच सम्झौतापत्र आदान–प्रदान गरिएको हो ।
यो साझेदारीले प्रदर्शन र क्षमतामा आधारित दुई क्षेत्र क्रिकेट र इन्जिन लुब्रिकेसनलाई एकसाथ जोडेको कम्पनीले जनाएको छ । क्रिकेट निरन्तरता, धैर्य, शक्ति र सन्तुलनको खेल भएकाले एचपी लुब्रिकेन्टको ब्रान्ड दर्शन ‘पावर टु पर्फम’ सँग पूर्णतः मेल खान्छ ।
एमएडब्ल्यु पेट्रो प्रोडक्ट्सले नेपालमा तीव्र गतिमा वृद्धि भइरहेको क्रिकेट विकासलाई सघाउन पाएकोमा खुशी व्यक्त गर्दै एनपीएलले देशभरका दर्शकलाई आकर्षित गर्ने तथा उदाउँदो प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने उत्कृष्ट मञ्च बनेको उल्लेख गरेको छ । विश्वसनीय लुब्रिकेसन समाधानका प्रदायकका रूपमा एचपी लुब्रिकेन्ट्सले खेलाडी र उपभोक्तामा जोस, प्रदर्शन र निरन्तर प्रेरणा जगाउने लक्ष्य राखेको कम्पनीको भनाई छ ।
सम्झौतापछि एमएडब्ल्युका प्रतिनिधिहरूले भने, ‘यो साझेदारी अनुशासन, उत्कृष्टता र उच्च प्रदर्शनका साझा मूल्यहरूको प्रतिविम्ब हो । जसरी एचपी लुब्रिकेन्ट इञ्जिनलाई उच्च क्षमतामा चलाउन मद्दत गर्छ, त्यसैगरी मैदानमा पूर्ण शक्ति दिएर प्रतियोगिता गर्ने खेलाडीहरूलाई समर्थन गर्न पाउँदा हामी गौरवान्वित छौँ ।’
एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि. नेपालमा एचपी ल्युब्रिकेन्ट्सको अधिकृत वितरक हो, जसले विश्वसनीयता, नवप्रवर्तन र उत्कृष्ट प्रदर्शनका लागि चिनिएका उच्च–गुणस्तरीय अटोमोटिभ तथा औद्योगिक ल्युब्रिकेसन समाधानहरू उपलब्ध गराउँछ।
HPCL (Hindustan Petroleum Corporation Limited) एचपी ल्युब्रिकेन्ट्स विश्वभर मान्यता प्राप्त अग्रणी ब्रान्ड हो, जसका उन्नत ल्युब्रिकेसन प्रविधिहरू विभिन्न भू–भाग र मौसमका अवस्थाहरूमा उत्कृष्ट सुरक्षा, भरपर्दोपन र Power to Perform प्रदान गर्न डिजाइन गरिएका छन् ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

