लक्ष्मी ई–मोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ शो–रुमको उद्घाटन
काठमाडौं । केई र फोर्थिङ ईभीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले पोखरामा नयाँ सोरुम उद्घाटन गरेको छ । नयाँ सोरुम सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको बताइएको छ । यस उद्घाटनसँगै यी ब्राण्डहरूले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रिक सवारीसाधनहरूलाई ग्राहकहरूसम्म अझ नजिक बनाएको जनाइएको छ।
उद्घाटन समारोहको अवसरमा, कम्पनीले विशेष Grand Opening Offer सार्वजनिक गरेको छ । यसमा आकर्षक नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटो प्लस बीमा तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङका लागि एक रातको स्टे–प्याकेज समेत समावेश गरिएको छ ।
नयाँ शो–रुमले पोखराका इभी प्रेमीहरूलाई उच्चस्तरीय खरिद अनुभव दिन लक्ष्य राखेको छ, साथै दिगो र वातावरणमैत्री गतिशीलताप्रति कम्पनीको प्रतिबद्धता सुदृढ बनाउँछ।

लक्ष्मी ई–मोबिलिटीले आफ्नो नयाँ सोरुममार्फत पोखराका ग्राहकलाई आधुनिक र दिगो इलेक्ट्रिक सवारीसाधनहरूको उच्चस्तरीय खरिद अनुभव उपलब्ध गराउने लक्ष्य राखेको छ । कम्पनीको यस पहलले वातावरणमैत्री र दिगो यातायात प्रवद्र्धनमा आफ्नो प्रतिबद्धता पनि सुदृढ बनाएको बताइएको छ ।
कम्पनीका अनुसार, दिगो यातायात प्रवर्द्धन गर्ने उद्देश्यले, लक्ष्मी ग्रुपले देशभर RE-Lax Recharge Network मार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेशनको सञ्जाल विस्तार गरिसकेको छ, जसले ग्राहकलाई सहज इभी चार्जिङ तथा सेवा सुविधा उपलब्ध गराउँदै इभी पूर्वाधारलाई अझ सुदृढ बनाएको छ।
पोखरामा नयाँ शो–रुमको उद्घाटनले बढ्दो ईभी मागलाई ध्यानमा राख्दै ग्राहकसँग थप नजिक पुग्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । लक्ष्मी ई–मोबिलिटीले सबै इच्छुक ग्राहकलाई नयाँ सुविधा अवलोकन गर्न र नेपालको इलेक्ट्रिक मोबिलिटीको नयाँ अध्याय अनुभव गर्न हार्दिक आमन्त्रण गरेको छ ।

सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


