Jankari Kendra
९ श्रावण २०८३, शनिबार

वैदेशिक रोजगारीका श्रमिकका लागि स्वास्थ्य परीक्षण शुल्क बढेर साढे ९ हजार रुपैयाँ लागू

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, मंसिर, ११
वैदेशिक रोजगारीका श्रमिकका लागि स्वास्थ्य परीक्षण शुल्क बढेर साढे ९ हजार रुपैयाँ लागू

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि स्वास्थ्य परीक्षण शुल्क आजदेखि बढेको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ८ चैत २०८१ मा गरेको निर्णय कार्यान्वयनमा आएसँगै परीक्षण शुल्क ६ हजार ५ सयबाट बढेर ९ हजार ५ सय रुपैयाँ पुगेको हो।

सरकारले परीक्षण प्रक्रिया गुणस्तरीय बनाउन ३४ प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य गर्ने व्यवस्था गरेको छ। यद्यपि विभागीय मन्त्रीसमेत नभएको अवस्थामा नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले सदस्य व्यवसायीलाई पत्राचार गर्दै नयाँ शुल्क लागू गर्न निर्देशन दिएपछि यो निर्णय आजदेखि कार्यान्वयनमा आएको हो।

युट्युब सट्स