सांग्रिला मोटर्स प्रा.लि.द्वारा लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प घोषणा : यस्ता छन् आकर्षण
काठमाडौं । नेपालका लागि लीपमोटर, सिट्रोन र प्यूजो आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रा.लि.ले विशेष एक्सचेन्ज क्याम्पहरू आयोजना गर्ने भएको छ ।
यही मंसिर १४ गतेदेखि मंसिर २१ गतेसम्म एक साता कम्पनी लीपमोटर र सिट्रोनका दुई विशेष एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको बताइएको छ। आकर्षक लाभहरूका साथ आफ्नो सवारी साधन अपग्रेड गर्न चाहने ग्राहका लागि क्याम्प एक अवसर वन्ने कम्पनीले जनाएको छ ।
नेपालभरका सम्बन्धित शोरूममा यस्तो क्याम्प सञ्चालनमा रहने सांग्रिला मोटर्सले जनाएको छ । लीपमोटर ‘एक्सचेन्ज विथ द बेस्ट’ क्याम्पले ग्राहकलाई उनीहरूको लागि उपयुक्त हुने १०/१० वटा कार चलाउने अवसर प्रदान गर्नेछ ।
नगद छुट, एक्सचेन्ज बोनस, नि:शुल्क रोड ट्याक्स र दर्ताको सुविधा समेत प्रदान गर्नेछ । २.२ किलोवाटको ट्राभल चार्जरको साथ नि:शुल्क ७ किलोवाटको होम चार्जर र थप सहायक उपकरणहरू सहित लाभ लिन समेत ग्राहकलाई आमन्त्रण गरिएको छ ।
त्यसैगरी, सिट्रोन “एक्सचेन्ज विथ द बेस्ट” क्याम्पले सहभागीहरूलाई एक्सचेन्ज बोनस, एमसीबी बक्स सहितको नि:शुल्क ३.३ किलोवाट चार्जर, एक वर्षको अटो प्लस बीमा र नि:शुल्क रोड ट्याक्स र दर्ताको साथ उत्कृष्ट कारमा अपग्रेड गर्न प्रोत्साहित गर्नेछ ।
कम्पनीका अनुसार, मंसिर १४ गतेदेखि मंसिर २१ गतेसम्म सम्म एकैसाथ सञ्चालन हुने दुवै एक्सचेन्ज क्याम्पहरूले नेपालभरका कार उत्साहीहरूलाई सीमित समयका अफरहरूको लाभ उठाउँदै आफ्नो सवारी अपग्रेड गर्ने अवसर प्रदान गर्दछ।
सांग्रिला मोटर्स प्रा.लि.ले राष्ट्रव्यापी रूपमा नवीन समाधान, गुणस्तरीय सवारी साधन र भरपर्दो बिक्री पछिको सेवा मार्फत उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कार्य निरन्तर गर्दै आएको जनाएको छ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
