• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ असार २०८३, बुधबार
०३ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
  • १२ घण्टा 

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
  • १९ घण्टा 

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • १९ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • १ दिन 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • १ दिन 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • २ दिन 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • २ दिन 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • २ दिन 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआई पारदर्शिता थप विस्तार

जानकारी केन्द्र २०८२, मंसिर, १३

काठमाडौँ । टिकटकले प्लेटफर्ममा देखिने एआई–निर्मित कन्टेन्टबारे मानिसहरूले अझ राम्रोसँग बुझ्न, चिन्न र नियन्त्रण गर्न मद्दत गर्ने उद्देश्यले नयाँ अपडेटहरूको श्रृंखला सार्वजनिक गरेको छ।

जिम्मेवारीपूर्वक र पारदर्शिताका साथ प्रयोग हुँदा एआईले सिर्जनात्मकता बढाउन, खोज–अनुसन्धान सहज बनाउन र सुरक्षालाई बलियो बनाउन मद्दत गर्छ भन्ने टिकटकको विश्वास छ। यहि विश्वासलाई आधार बनाएर ल्याइएका यी अपडेटहरूले समुदायलाई एआईसँग कसरी अन्तरक्रिया गर्ने भन्नेबारे अझ स्पष्ट जानकारी र बढी विकल्पहरू दिनेछन्।

कम्पनीका अनुसार , अब “Manage Topics” फिचरभित्र एआई–निर्मित कन्टेन्टको लागि एउटा नयाँ कन्ट्रोल सेटिङ परीक्षण गरिँदैछ। यस सेटिङमार्फत प्रयोगकर्ताले आफ्नो फर यू फीडमा कति एआई–निर्मित कन्टेन्ट देखिने भन्ने कुरा आफैं मिलाउन सक्नेछन्।

एआई मार्फत बनेका कथावाचन, शिक्षासम्बन्धि क्लिप्स वा क्रिएटिभ कन्टेन्ट हेर्न रुचाउनेले यस्तो सामग्री बढी देखिनेगरी सेट गर्न सक्नेछन्। त्यस्तै, एआई कन्टेन्ट धेरै मन नपर्नेहरूले यसलाई सहजै घटाउन सक्नेछन्। यो सुविधा टिकटकलाई विशेष बनाउने विविध र सिर्जनात्मक कन्टेन्ट नहटाईकनै, प्रयोगकर्ताले आफ्नो फिडलाई आफ्नै रुचिअनुसार मिलाउन मद्दत गर्न तयार गरिएको हो।

यसले व्यक्तिगत रुचिअनुसार कन्टेन्ट सिफारिस गर्न मद्दत गर्ने कस्टमाइज गर्न मिल्ने कीवर्ड फिल्टरहरू र “not interested” बटन जस्ता अन्य टुलहरूलाई अझ प्रभावकारी बनाउँदै, मानिसहरूले आफूलाई मनपर्ने कुराहरू सजिलै खोज्न र हेर्न सकून् भन्ने उद्देश्य राख्छ।

पारदर्शिता अझ मजबुत बनाउन टिकटकले आफ्नो एआई लेबलिङ प्रणालीलाई अझ उन्नत गर्दैछ। प्लेटफर्मले पहिले नै क्रिएटर लेबल, एआई डिटेक्शन मोडेल र C2PA कन्टेन्ट क्रिडेन्सियल्स जस्ता विधिहरू प्रयोग गर्दै आएको छ, जसका माध्यमबाट हालसम्म १.३ अर्बभन्दा ज्यादा भिडियोहरू पहिचान गरी लेबल गरिएका छन्। अब, टिकटक “इनभिजिबल वाटरमार्किङ” नामको नयाँ समाधान परीक्षण गर्दैछ।

इनभिजिबल वाटरमार्कहरू टिकटकका प्रणालीहरूले मात्र पढ्न सक्ने मजबूत डिजिटल चिन्ह हुन्, जसलाई अरूले हटाउन अत्यन्त कठिन हुन्छ। यी वाटरमार्कहरू भिडियो एडिट वा रि–पोस्ट गरेपछि पनि कायम रहने भएकाले एआई लेबलिङ अझ भरपर्दो र दीर्घकालीन बन्छ। आगामी हप्ताहरूमा टिकटकले AI Editor Pro जस्ता आफ्नै टुलहरूबाट बनेको एआई कन्टेन्ट तथा C2PA कन्टेन्ट क्रिडेन्सियल्स सहित अपलोड गरिएको कन्टेन्टमा यस्तो इनभिजिबल वाटरमार्क जोड्न सुरु गर्नेछ।

यसबाहेक, टिकटकले विश्वभर एआई शिक्षा विस्तार गर्न २ मिलियन डलरको एआई लिटरेसी फण्ड स्थापना गरेको छ। यो कोषले विभिन्न देशका गैर-नाफामुलक संगठन र विशेषज्ञहरूलाई शैक्षिक सामग्री बनाउन सहयोग गर्नेछ।

यसले मानिसहरूलाई एआई ले कसरी काम गर्छ, एआई–निर्मित सामग्री कसरी चिन्ने, र एआई सुरक्षित तथा जिम्मेवारीपूर्वक कसरी प्रयोग गर्ने भन्ने कुरा बुझाउन मद्दत गर्छ। दर्जनभन्दा बढी देशका साझेदारहरूले मिडिया लिटरेसी, प्रविधिको सुरक्षित प्रयोग र टिकटकका ट्रान्सपेरेन्सी टुलहरूको बारेमा जनचेतना बढाउने सामग्री तयार गर्नेछन्।

टिकटक यी सबै अपडेटहरू मार्फत आफ्नो समुदायलाई एआईको बदलिँदो दुनियालाई आत्मविश्वासका साथ नेभिगेट गर्न सहयोग गर्न चाहन्छ। भविष्यमा पनि एआई प्रविधि विकसित हुँदै जाँदा टिकटकले थप टुल र साझेदार कार्यक्रमहरू विस्तार गर्दै प्रयोगकर्ताका लागि सुरक्षित, पारदर्शी र सिर्जनात्मक डिजिटल अनुभवहरू सुनिश्चित गर्ने लक्ष्य राखेको बताइएको छ।

टिकटकको बारेमा:
टिकटक छोटा मोबाइल भिडियोहरूको लागि विश्वकै अग्रणी प्लेटफर्म हो। टिकटकको उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र मानिसहरूको जीवनमा खुशी ल्याउनु हो। टिकटकका ग्लोबल मुख्यालयहरू लस एन्जेलस र सिंगापुरमा छन्, र यसका कार्यालयहरू न्यूयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा रहेका छन्।

  • TikTok
  • टिकटक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

ताजा

‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.