काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आईतबार एक तोला चाँदीको मूल्य रु तीन हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।





