‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएको छ । उँधौली पर्वको बिदाको अवसर पारेर आज (बिहीबार) बाट यो चलचित्र रिलिज भएको हो । चलचित्रमा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । ‘अभिमन्यु : च्याप्टर १’ले अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ।
सोमबार भएको प्रिमियरमा उपस्थित हुनेले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिएका थिए । प्रिमियरमा पाएको प्रतिक्रियाजस्तै दर्शकबाट पनि सकारात्मक वर्ड अफ माउथको अपेक्षा निर्माणपक्षले राखेको छ ।
चलचित्रले उठान गरेको विषय, मेकिङ, प्रस्तुति र अभिनयको तारिफ फिल्म मेकर र कलाकारबाट आएकाले दर्शकले पनि सिनेमा मन पराउनेमा यसका कलाकार पनि विश्वस्थ छन् ।“हामीले केही फिल्म मेकर, कलाकार र पत्रकारलाई सिनेमा देखाएका छौँ । उहाँहरूले मुक्तकण्डले प्रशंसा गर्नु भएको छ,” कामेश्वर भन्छन्, “त्यसैले दर्शकले पनि मन पराउनु हुनेछ भन्नेमा हामी ढुक्क छौँ । दर्शकले जस्तो प्रतिक्रिया दिनु हुनेछ, त्यसलाई हामी सुझावको रूपमा लिएर अगाडि बढ्ने छौँ ।”
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । चलचित्रमा कामेश्वर र लक्ष्मीसँगै किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय छ । अतिथि भूमिकामा रेखा थापा पनि रहेकी छन् ।
‘अभिमन्यु स् च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।
शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा रिलिज भएको छ ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

