‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी
काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् । अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तरङ्ग’ मार्फत मोडल बरुणले ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् ।
एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण अब पहिलोपटक फीचर फिल्ममार्फत दर्शकमाझ आउन लागेसँगै उत्साहित देखिएका छन् ।फिल्मको कथा, पात्र र निर्देशकको विश्वासले आफूलाई ‘तरंग’मा जोडिएको बरुणले बताए । “मेरो भूमिका शक्तिशाली छ। टिमको भरोसा मिहिनेतले उतार्नेछु,” उनले भने ।
आफ्नो पात्रलाई लिएर दर्शकले रुचाउनेमा उनी विश्वस्त छन् । यो चलचित्रको पटकथा लेखन पनि निर्देशक चौधरी स्वयंकै रहेको छ । फिल्म मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्माता सुजन राई र तर्कराज जोशी रहेका छन् ।
‘सुपरन्याचुरल लभस्टोरी’ जनरामा तयार हुने ‘तरंग’ को छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा हुनेछ । यो सिनेमाको छायांकन केही दिनदेखि बेलबारीमा भइरहेको छ ।
करिब २ करोड रुपैयाँ बजेटमा तयार हुन लागिरहेको चलचित्रको मुख्य भूमिकामा बरुणसँगै रविना केसी, बारत लिम्बु, कृष्ण थापा, सारा राई, उजल राई र उत्तम गुरुङ लगायतका कलाकारहरूको अभिनय रहनेछ । चलचित्रका छायाकार महेश पौडेल रहेका छन् भने निर्माण नियन्त्रकको भूमिकामा रिजन परियार छन् ।
खलनायकका विविध भूमिकाबाट पहिचान बनाएका निर्देशक चौधरी लामो समयदेखि मण्डला नाटकघरसँग आबद्ध छन् । उनी पछिल्लो पटक चलचित्र ‘वरिष्ठ बलराम’ मा देखिएका थिए । यो सिनेमालाई २०२६ भित्र रिलिज गरिने निर्माणपक्षले बताएको छ ।
सम्बन्धित समाचार
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

