अमेरिकामा भिसा नियम कडा, जनवरीदेखि ८५ हजार भिसा रद्द
काठमाडौं । अमेरिकाले आप्रवासन नियम कडा बनाएकोमा जनवरीदेखि अहिलेसम्म ८५ हजार भिसा रद्द भएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार, यो कदम ट्रम्प प्रशासनको आप्रवासन र सीमा सुरक्षा नीतिको भाग हो।
रद्द गरिएका भिसामध्ये ८ हजारभन्दा बढी विद्यार्थी भिसा रहेका छन्। मुख्य कारणमा मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी, आक्रमण जस्ता अपराधमा संलग्न रहनु, भिसाको म्याद सकिनु, आतंकवादसँग सम्बन्धित अनुसन्धान र अन्य गम्भीर कारणहरू रहेका छन्।
अमेरिकाले एच–१ बी भिसाका लागि नियम कडा गर्दै सामाजिक सञ्जाल प्रोफाइल सार्वजनिक गर्ने आवश्यकता समेत राखेको छ। यस अन्तर्गत आवेदकको सामाजिक सञ्जाल गतिविधि अमेरिकी हितको लागि प्रतिकूल देखिएमा भिसा जारी गरिने छैन। एच–१ बी आश्रितका लागि एच–४ भिसा आवेदनमा पनि सामाजिक सञ्जाल प्रोफाइल आवश्यक हुनेछ। नयाँ नियमहरू डिसेम्बर १५ देखि लागू हुनेछन्।
विदेश मन्त्रालयले भिसा उल्लङ्घन रोक्न र आप्रवासन नियन्त्रण बलियो बनाउन निरन्तर कदम चालिरहेको जनाएको छ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
