अमेरिकामा भिसा नियम कडा, जनवरीदेखि ८५ हजार भिसा रद्द
काठमाडौं । अमेरिकाले आप्रवासन नियम कडा बनाएकोमा जनवरीदेखि अहिलेसम्म ८५ हजार भिसा रद्द भएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार, यो कदम ट्रम्प प्रशासनको आप्रवासन र सीमा सुरक्षा नीतिको भाग हो।
रद्द गरिएका भिसामध्ये ८ हजारभन्दा बढी विद्यार्थी भिसा रहेका छन्। मुख्य कारणमा मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी, आक्रमण जस्ता अपराधमा संलग्न रहनु, भिसाको म्याद सकिनु, आतंकवादसँग सम्बन्धित अनुसन्धान र अन्य गम्भीर कारणहरू रहेका छन्।
अमेरिकाले एच–१ बी भिसाका लागि नियम कडा गर्दै सामाजिक सञ्जाल प्रोफाइल सार्वजनिक गर्ने आवश्यकता समेत राखेको छ। यस अन्तर्गत आवेदकको सामाजिक सञ्जाल गतिविधि अमेरिकी हितको लागि प्रतिकूल देखिएमा भिसा जारी गरिने छैन। एच–१ बी आश्रितका लागि एच–४ भिसा आवेदनमा पनि सामाजिक सञ्जाल प्रोफाइल आवश्यक हुनेछ। नयाँ नियमहरू डिसेम्बर १५ देखि लागू हुनेछन्।
विदेश मन्त्रालयले भिसा उल्लङ्घन रोक्न र आप्रवासन नियन्त्रण बलियो बनाउन निरन्तर कदम चालिरहेको जनाएको छ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

