एमएडब्लू वृद्धिद्वारा नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज
काठमाडौं । एमएडब्लु वृिद्धले नेपालगञ्जमा दिपल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ ।
मंसिर २७ देखि २९ सम्म चल्ने यस कार्यक्रममा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन् । यी ब्रान्डहरू हाल नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री इभि ब्रान्डहरूका रूपमा स्थापित भइरहेका छन् ।
नयाँ सोरुमा आयोजना हुने कार्यक्रममा आगन्तुकहरूलाई नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभव गर्न पाउनेछन् । साथै, रोबोटहरूसँग अन्तक्र्रिया गर्ने अवसर पनि रहनेछ, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूति दिलाउनेछ । यस कार्यक्रममा हालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चा भएको दिपाल एस०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।
स्लिम डिजाइन, आधुनिक फिचरहरू र दिगो गतिशीलताको संयोजनका साथ यी सवारी साधनहरूले नेपाली ग्राहकबीच छोटो समयमा नै उच्च लोकप्रियता कमाएका छन् । यी गाडीहरूले उत्कृष्ट रेंज, प्रविधि र ड्राइभिङ अनुभव प्रदान गर्छन्।
कार्यक्रमको अवसरमा एमएडब्लु वृिद्धले विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउनेछ, जसमा पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहार रहेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
