काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि आइतबार मात्रै सुनको मूल्य २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको थियो, जसले असोज ३१ गतेको २ लाख ५८ हजार रुपैयाँको रेकर्ड तोडेको थियो।
यता, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि चाँदीले गत शुक्रबार हालसम्मकै उच्च ३ हजार ९ सय ५ रुपैयाँको रेकर्ड बनाएको थियो।





