काठमाडौं । आज सुनको मुल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको मुल्य २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। गत सोमबार सुनको मुल्य हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
यता,चाँदीको मुल्य पनि तोलामा ७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज ४ हजार ५ रुपैयाँमा कारोबा भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिनको चाँदीको मुल्य हालसम्मकै उच्च रहेको थियो ।





