अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम गर्यो स्थगित
काठमाडौं । अमेरिकाले विविधता आप्रवासी भिसा कार्यक्रम (डीभी) अर्थात् ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गरेको छ। ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डमा दुई जनाको ज्यान गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त योजना रोक्ने निर्णय गरेका हुन्।
घटनासँग सम्बन्धित संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए। उनी सन् २०१७ मा डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका थिए। अमेरिकी अधिकारीहरूका अनुसार भालेन्तेले यसै हप्ता पोर्चुगिज मूलका म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक नुनो लुरेइरोको पनि हत्या गरेको विश्वास गरिएको छ।
होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार डीभी भिसा योजना स्थगित गरिएको जानकारी दिएकी छन्। “अब कुनै पनि अमेरिकीलाई हानि नहोस् भन्ने सुनिश्चित गर्न यस्तो निर्णय गरिएको हो,” उनले बताइन्।
डीभी कार्यक्रमअन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका देशका आवेदकहरूमध्येबाट चिठ्ठा प्रणालीमार्फत हरेक वर्ष अधिकतम ५० हजार भिसा प्रदान गरिँदै आएको छ। यस कार्यक्रममार्फत नेपालीहरू पनि अमेरिका जाने र ग्रीन कार्ड प्राप्त गर्ने गरेका छन्। योजना स्थगित भएसँगै नेपाली आवेदकहरू समेत प्रभावित हुने भएका छन्।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


