• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ असार २०८३, बुधबार
२४ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १२ घण्टा 

इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
  • १२ घण्टा 

पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै
  • १२ घण्टा 

नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट
  • १३ घण्टा 

सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद
  • १३ घण्टा 

टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
  • १६ घण्टा 

मेची राजमार्ग अवरुद्ध : यात्रु र बिरामी बीच बाटोमै अलपत्र
  • १६ घण्टा 

मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ
  • १७ घण्टा 

सुनको मूल्य प्रतितोला दुई हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. हालान्ड चम्किदा ब्राजिल विश्वकपवाट बाहिर, नर्वे पहिलो पटक क्वाटरफाइनलमा

  • २. २०८३ असार २५ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

  • ४. नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

  • ५. पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

  • ६. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ७. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

जानकारी केन्द्र २०८२, पुष, ६

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालि संयुक्त रुपमा आयोजना गर्दै आइरहेको इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धि मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीेको एघारौँ संस्करण शुक्रबारबाट सुरु भएको छ।

प्रदर्शनीको सहयोगी संस्था नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, सामुदायिक वन उपभोगता महासंघका अध्यक्ष ठाकुर भण्डारी, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेश राज रेग्मी, नेपाल प्लाईउड उत्पादक संघका होम प्रसाद घिमिरे, र इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपालका अध्यक्ष श्याम श्रेष्ठले संयुक्तरुपमा शुक्रबार दिउँसो कार्यक्रमको उद्धाटन गरे ।

प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्याति प्राप्त ब्राण्डहरुका १०० भन्दा बढी स्टल रहेका छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरु, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रका नयाँ प्रविधिको जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ११ वर्ष देखी कोसेढुंगा सावित हुँदै आएको आयोजकको दाबी रहेको छ ।

शुक्रबार उद्धाटन समारोह सम्पन्न हुने बित्तिकै प्रदर्शनीमा अवलोकन कर्ताहरुको बाक्लो उपस्थिति हेर्दा आयोजकहरुले नेपालमा काष्ठ सामाग्री, ईन्टेरियर–एक्स्टेरियर डिजाइन तथा मेशिनरी व्यवसायको माग र आपूर्ति बिचको खाडल पूरा गर्नमा गरेको योगदान देख्न सकिन्छ ।

प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुको उल्लेखनीय सहभागिता रहेको छ ।

यस एघारौंं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकको भनाइ छ ।

प्रदर्शनीमा इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपालका विज्ञहरु द्वारा विभिन्न शिर्षकमा २ दिने सेमिनार तथा गोष्ठी कार्यक्रम आयोजना हुने छ । त्यस्तै प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने आशा गरिएको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ ।

आयोजकका अनुसार, यो प्रदर्शनीले नेपालको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने छ । प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने बताइएको छ ।

घर तथा व्यवसायमा आवश्यक पर्ने सामानहरु हेर्न, बुझन, तथा खरिद गर्न ईच्छुक व्यक्तिहरुले पुस ६ गते आईतबार सम्ममा भृकुटीमण्डपको प्रदर्शनी स्थलमा निःशुल्क रुपमा प्रदर्शनी भ्रमण गर्न सक्नेछन् ।

  • jankari
  • jankari kendra
  • jankarikendra
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै
नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

ताजा

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार

पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.