८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ८४ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस ६ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल आह्वान गरेको छ।
केन्द्रीय बैंकका अनुसार सोही दिन निक्षेप संकलन उपकरणको निष्कासन पनि गरिनेछ। बोलकबोल प्रक्रियाबाट व्याजदर निर्धारण हुनेछ भने साँवा तथा व्याजको भुक्तानी चैत १ गते गरिने जनाइएको छ।
यसमा सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, पाँच करोडले भाग गर्दा निःशेष जाने गरी बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलन उपकरणलाई नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा समेत धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। बोलकबोल गर्दा व्याजदरमै प्रस्ताव गर्नुपर्नेछ भने बहुव्याजदरमा बहुवोलकबोल गर्न पनि सकिनेछ।
यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
बोलपत्रमा निक्षेपका लागि जम्मा गर्न चाहेको रकम र व्याजदर स्पष्ट उल्लेख गर्नुपर्नेछ। आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम व्याजदरलाई प्राथमिकतामा राखी क्रमशः रकम बाँडिनेछ। समान व्याजदरमा परेको बोलका कारण कुल निष्कासित रकमभन्दा बढी हुन गएमा प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

