एजेन्सी । यद्यपि वैज्ञानिक युगमा मानिसहरू ज्योतिषशास्त्रका कुरामा विश्वास गर्न खासै तयार हुँदैनन्, तर मानिसभन्दा माथि कुनै अदृश्य शक्ति छ भन्ने मान्यता वैज्ञानिकहरू समेत स्वीकार गर्छन् । ज्योतिषशास्त्रका धेरै पक्षहरू विज्ञानसँग पनि मेल खाने बताइन्छ । ज्योतिषअनुसार मानिसको जन्मबार, जन्मसमय र ग्रहस्थितिले उसको स्वभाव र चरित्र निर्धारण गर्छ ।
आइतबार
आइतबार जन्मिएका व्यक्ति सकारात्मक सोचका, विश्वसनीय र संवेदनशील स्वभावका हुन्छन् । अन्तर्मुखी हुने भएकाले उनीहरूको साथीहरूको संख्या कम हुन्छ । कसैले भनेका कुरालाई लामो समयसम्म मनमा लिइरहने बानी हुन्छ । चिन्तन शक्ति प्रबल हुने भएकाले लेखन, वकालतजस्ता क्षेत्रमा सफलता प्राप्त गर्न सक्छन् । अरूलाई सहयोग गर्न सधैं तत्पर रहने भएपनि छिट्टै रिसाउने बानी उनीहरूको कमजोरी हो।
सोमबार
सोमबार जन्मेका व्यक्तिको स्मरण शक्ति निकै तेज हुन्छ । उनीहरू मुडी र संवेदनशील स्वभावका हुन्छन् । यस बार जन्मिएका पुरुषहरू मायालु हुन्छन् तर अलि लोभी स्वभावका कारण प्रायस् श्रीमतीको गुनासो सुन्नुपर्ने हुन्छ । आफ्नो सौन्दर्य प्रति विशेष ध्यान दिने भएकाले उनीहरूको आकर्षणले धेरैलाई मोहित बनाउँछ ।
मंगलबार
मंगलबार जन्मिएका व्यक्ति बहादुर, स्मार्ट र सक्रिय हुन्छन् । परोपकारी स्वभावका कारण अरूलाई सहयोग गर्न सधैं अगाडि रहन्छन् । हरेक काम गम्भीरतापूर्वक गर्ने यी व्यक्तिहरू गलत कुरा सहन नसक्ने हुँदा छिट्टै रिसाउँछन् । विलासितापूर्ण जीवन मन पराउने भएकाले लुगा, गाडी र घरजस्ता सुविधामा रुचि राख्छन् । इमानदार र स्पष्टवक्ता भएकाले आफ्नै मेहनतले सफलता हासिल गर्छन् । वैवाहिक जीवन सुखमय हुन्छ र राम्रो जीवन साथी पाउँछन् । तर कुनै कुरामा छिट्टै मन भरिनु उनीहरूको नकारात्मक पक्ष हो ।
बुधबार
बुधबार जन्मेका व्यक्ति शान्त, विद्वान र व्यवसायिक सोच भएका हुन्छन् । योजनाभन्दा व्यवहारिक र व्यवस्थित ढंगले काम गर्न रुचाउँछन् । सफा र सकारात्मक विचारधाराका मालिक यी व्यक्तिहरू नयाँ नयाँ कुरा जान्न इच्छुक हुन्छन् । बोल्ने शैली प्रभावशाली हुन्छ । सामान्यतया रिस कम उठ्छ तर एकपटक रिसाएपछि शान्त हुन समय लाग्छ । सजिलै माफी नदिने स्वभाव हुन्छ ।
बिहिबार
बिहिबार जन्मिएका व्यक्ति मेधावी, शान्त र समझदार हुन्छन् । अरूलाई सम्मान गर्ने स्वभावका कारण समाजमा आदर्श पात्रका रूपमा चिनिन्छन् । नेतृत्व क्षमता बलियो हुने भएकाले जुन क्षेत्रमा काम गरेपनि उच्च पदमा पुग्ने सम्भावना हुन्छ । स्वतन्त्रता मन पराउने यी व्यक्तिहरू बन्धनमा बस्न चाहँदैनन् । चाँडै विश्वास गर्ने बानीका कारण कहिले काहीँ धोका खानुपर्छ । प्रेम विवाहको सम्भावना बढी हुन्छ र वैवाहिक जीवन सामान्यतया सुखमय हुन्छ ।
शुक्रबार
शुक्रबार जन्मेका व्यक्तिको मन, मस्तिष्क र शरीर सन्तुलित हुन्छ । उनीहरू प्रायस् रचनात्मक क्षेत्रमास् संगीत, फिल्म, मिडिया वा खेलकुदमा आकर्षित हुन्छन् । मधुर बोली र मनमोहक मुस्कान उनीहरूको विशेषता हो । अत्यन्त भावुक हुने भएकाले कहिले काहीँ अनावश्यक रूपमा दुखी हुन्छन् । सम्बन्ध प्रति सजग भएपनि अत्यधिक सजगताले कहिले काहीँ सम्बन्धमै समस्या ल्याउन सक्छ । धनको अभाव हुँदैन तर बचत गर्न कठिनाइ हुन्छ ।
शनिबार
शनिबार जन्मेका व्यक्ति गम्भीर, जिम्मेवार र अनुशासित स्वभावका हुन्छन् । बुद्धिमान र व्यवसायिक सोच भएका यी व्यक्तिहरू प्रायस् हरेक काममा परिपक्व देखिन्छन् । स्पष्टवक्ता भएकाले कहिले काहीँ आलोचनाको सामना गर्नुपर्छ । सम्बन्धलाई अत्यन्त महत्व दिने यी व्यक्तिहरू साथीहरूका लागि जे पनि गर्न तयार हुन्छन् । पैसावाला भएपनि फजुल खर्च गर्दैनन् । जिद्दी स्वभावका भएपनि कसैलाई दुख नदिने प्रयास गर्छन् । पार्टनरलाई राम्रो हेरचाह गर्ने भएकाले वैवाहिक जीवन सुखमय हुन्छ ।




