लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
लुम्बिनी । लुम्बिनी प्रदेश लोकसेवा आयोगले स्थानीय निजामती सेवा अन्तर्गत अधिकृत सातौँ तहका प्राविधिक तथा अप्राविधिक पदहरूमा दरखास्त आह्वान गरेको छ ।
आयोगका अनुसार अप्राविधिकतर्फ शाखा अधिकृत, प्रशासकीय अधिकृत, लेखा अधिकृत, आन्तरिक लेखा परीक्षण अधिकृत तथा कानुन अधिकृत पदमा गरी ५४ जना कर्मचारी माग गरिएको छ । यी पदहरूमा अन्तरतह, खुला तथा समावेशी समूह अन्तर्गत खस आर्य, मुस्लिम (महिला), थारु, दलित र मधेसी कोटामा विज्ञापन खुलाइएको छ ।
यस्तै, प्राविधिकतर्फ जनस्वास्थ्य अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिष्ट, नर्सिङ अधिकृत, इन्जिनियर, हाइड्रोलोजिष्ट, पशु चिकित्सक, पशु विकास अधिकृत, कृषि विकास अधिकृत, मस्यौदारमत्स्य विकास अधिकृत, कृषि प्रसार अधिकृत, वन अधिकृत तथा शिक्षा अधिकृत पदमा दरखास्त माग गरिएको छ ।
आयोगले प्राविधिकतर्फ विभिन्न पदहरूमा गरी १३३ जनशक्ति माग गरेको जनाएको छ । आयोगका अनुसार प्रदेश निजामती सेवा तथा स्थानीय निजामती सेवा अन्तर्गत अन्तरतह, खुला र समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्ति गर्न अधिकृत सातौँ तहको विज्ञापन प्रकाशित गरिएको हो ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले शुक्रबारदेखि माघ १ गतेसम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर तिरेर माघ ८ गतेसम्म दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
