राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने
जानकारी केन्द्र
२०८२, पुष, १६
काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ। राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ख’ उपकरण एक वर्ष अवधिका लागि जारी गर्ने योजना बनाएको हो।
बोलकबोल बुधबार मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ। यसबाट ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ। ऋणपत्रको सावाँ आगामी २०८३ पुस १६ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँसम्मको रकमले सहभागी बैंकहरूले बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले पुस १४ मा पनि एक वर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ क’ निष्कासन गरेको थियो।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

