प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाले ८० हजार जनशक्ति परिचालन गर्ने तयारी
काठमाडौं । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सेनाका सहायक रथी एवं प्रवक्ता राजाराम बस्नेतका अनुसार, निर्वाचनका लागि बनाइएको एकीकृत सुरक्षा योजना २०८२ राष्ट्रपतिबाट अनुमोदित भइसकेको छ र सोहीअनुसार फौज परिचालन हुनेछ ।
बस्नेतले भने, “निर्वाचनको एक महिना अघिबाट फिल्डमा सेना परिचालन हुनेछ र मतदानका क्रममा तेस्रो घेरामा रही मतदाता, उम्मेदवार र निर्वाचन कर्मचारीको पूर्ण सुरक्षा सुनिश्चित गरिनेछ।”
निर्वाचनपूर्व सेनाको मुख्य जिम्मेवारी मतपत्र छपाइदेखि महत्वपूर्ण संरचनाको सुरक्षा हुनेछ भने मतदान सम्पन्न भएपछि मत पेटिका ढुवानी र मतगणनास्थलको सुरक्षा पनि सेनाले सम्हाल्नेछ ।
सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनसँग समन्वय गर्दै चार वटै सुरक्षा निकायसँग तालिम र अभ्यास सञ्चालन गर्नेछ । यसले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने उद्देश्य राखिएको छ।
अहिलेसम्म प्रदेशस्तरमा सुरक्षा गोष्ठी सञ्चालन भइसकेको छ र प्राप्त सुझावका आधारमा थप सुरक्षा व्यवस्था मिलाइने सेनाले जनाएको छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

