काठमाडौं । शुक्रबार सुनको मुल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मुल्य भने घटेको छ । प्रतितोला ५५ रुपैयाँले चाँदीको मुल्य घटेको हो । बिहिबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।





