माघ १ देखि ५ लाख रुपैयाँभन्दा बढीको कारोबार नगदमा प्रतिबन्ध
काठमाडौं । नेपाल सरकारले माघ १ गतेदेखि पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यका वस्तु तथा सेवाको कारोबार नगदमा गर्न नपाइने व्यवस्था लागू गरेको छ । अब यस्ता कारोबार अनिवार्य रूपमा बैंकिङ उपकरणमार्फत गर्नुपर्नेछ ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार, नेपाल राष्ट्र बैंकको परामर्शमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४४ग. को उपदफा (१) बमोजिम नगद कारोबारको सीमा निर्धारण गरिएको हो ।
सरकारले बैंक तथा वित्तीय संस्थामा निक्षेप, बचत वा सटही गर्न, लिएको कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न भने यो व्यवस्था लागू नहुने स्पष्ट गरेको छ । त्यस्तै, वित्तीय संस्थाहरूबीच हुने नगद कारोबारमा पनि यो सीमा लागु नहुने जनाइएको छ ।
सूचनामा नगद सीमाभन्दा बढी रकम आफ्नो स्रोत र प्रयोजन खुलाएर आफूसँग राख्न वा देशभित्र स्थानान्तरण गर्न सकिने व्यवस्था पनि उल्लेख गरिएको छ । साथै, विशेष कारण देखाएर वित्तीय संस्थामा निवेदन दिएमा सम्बन्धित संस्थाले पाँच लाख रुपैयाँभन्दा बढी नगद भुक्तानी गर्न अनुमति दिन सक्ने व्यवस्था गरिएको छ ।
सरकारको यो निर्णयले नगद कारोबार नियन्त्रण गर्दै वित्तीय पारदर्शिता र मनी लाउन्डरिङ न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार
सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगल डोर’ फ्रिजहरू
मोटरसाइकलको ठक्करबाट घाइतेको उपचारको क्रममा निधन
ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने
बिजुली बिक्रीमा उछाल, सुपर मादी हाइड्रोपावरको नाफा २७८ प्रतिशतले बढ्यो
आजदेखि दुई सिफ्टमा विद्युतीय राहदानी सेवा, सार्वजनिक बिदामा पनि कार्यालय खुला
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

