मेष राशि-
आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बन्ने छन् । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइनेछ । प्रेममा सफलता मिल्ने समय छ ।
बृष राशि-
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । प्रयास गर्दा प्रेममा सफलता पाउनेर बैवाहिक बन्धन प्रप्तीको योग पनि छ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला ।
मिथुन राशि-
कामको बोझले थाकेको महसुस होला । घर-गृहस्थीमा भने समस्या आउन सक्छ । गलत विचार बढ़ने समयमा निर्णय नहुदा काममा अवरोध आउने । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ ।
कर्कट राशि-
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । व्यापारमा सफलताले मन रमाउनेछ । धनमनग्य कमाउने अवसर मिल्नेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ ।
सिंह राशि-
काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । ठूला व्यक्तिको आसा र भरोसापनि तपाइ प्रतिरहनेछ । बोलदा धेरैकामहरु सहज हुनेछन । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । दिन सुखमय बित्ने देखिन्छ । पढाइलेखाइमा प्रगति हुनेछ बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।
कन्या राशि-
सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोग र नयाँमित्रको आगमनले अन्तत आफनु मन प्रसन्न हुनेछ, अन्य विविध फाइदा पनि हुन सक्छ । पढाइ लेखाइमा रुची बढ्नेछ, आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ । समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ जान सिक्ने मौका छ। व्यावसायिक यात्राको सम्भावना छ ।
तुला राशि-
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिश्रमले आफनु लक्ष पुरागर्न सकिनेछ, नोकरि र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ पारिवारिक समस्या ले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ । अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला ।
वृश्चिक राशि-
घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । नया काम पाउने योग छ । पढाइमा रामै उन्नति गरेर अगाडि बढन सकिनेछ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ, पुराना साथिसंगी संग भेटघाट गर्ने अबसर जुला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।
धनु राशि-
अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । आयआर्जनमा रामो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।
मकर राशि-
कमाइ राम्रोसंग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन । यात्रा पनि रमाइलो हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पुरा हुनेछन ।
कुम्भ राशि-
स्वास्थ्य विग्रन सक्छ। अरुको भर पर्दा काममा धोका हुन सक्छ । समय त्यति राम्रो छैन, गलत विचार बढ़ने छ, समयमा सहि निर्णय गन सकिदैन । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्नेछ । सावधान रहनु होला ।
मीन राशि-
आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ। पढाइलेखाइमा प्रगति हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ ।
-ज्यो.पं. तुलसी भारद्वाज






