• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ जेठ २०८३, सोमबार
२५ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • २१ घण्टा 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • २ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • २ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • २ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • ३ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ३ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • ३ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

  • ४. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ६. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • ७. अन्नपूर्ण आरोहणको ७६ वर्ष : ५३६ जनाले चुमे चुचुरो

  • ८. रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

  • ९. न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव : हिमाली तथा पहाडी भागमा वर्षा हुने र तराईमा गर्मी बढ्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

स्कोडा किलाक : नयाँ सेफ्टी बेन्चमार्क

जानकारी केन्द्र २०८२, माघ, ३

काठमाडौं । आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाकले भारत एनक्याप क्र्यास टेस्टमा प्रतिष्ठित फाइभ-स्टार रेटिङ प्राप्त गरेसँगै स्कोडा इन्डियाले सुरक्षाप्रतिको आफ्नो दृढ प्रतिबद्धता पुनः प्रमाणित गरेको छ। भारत एनक्याप परीक्षणमा सहभागी हुने स्कोडाको यो पहिलो मोडल हो, र प्राप्त नतिजाहरूले पनि ग्राहकलाई उत्कृष्ट सुरक्षा प्रदान गर्ने स्कोडाको प्राथमिकतालाई अझ स्पष्ट बनाएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, कायलाकले एडल्ट अक्युपेन्ट प्रोटेक्शनमा ३०.८८ स्कोर र चाइल्ड अक्युपेन्ट प्रोटेक्शनमा ४५.०० स्कोर प्राप्त गर्दै आफ्नो सेग्मेन्टको सबैभन्दा सुरक्षित एसयूभीको पहिचान बनाएको छ। यो परिणामले गाडीभित्र रहेका वयस्क र बालबालिका दुवै एकदम सुरक्षित छन् भन्ने देखाउँछ। यसले यहि श्रेणीका अन्य सवारीसाधनका लागि एक उच्च मापदण्ड स्थापना गरेको बताइएको छ। बेस भेरियन्टदेखि नै उपलब्ध ६ एयरब्याग र २५ भन्दा बढी एक्टिभ तथा प्यासिभ सेफ्टी फिचरहरूले हरेक स्तरमा यात्रुको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिएको देखिन्छ।

बालबालिकाको सुरक्षामा कायलाकले असाधारण प्रदर्शन गरेको छ। यसले फ्रन्टल अफसेट बारियर टेस्टमा उच्चतम १६ अंक (१००%) र १.५ र ३ वर्षका बच्चाका लागि गरिएको साइड–मुभिङ डिफर्मेबल बारियर टेस्टमा पूर्ण ८ अंक (१००%) पाउन सफल भयो। रिकमेन्डेड चाइल्ड सीट असेसमेन्टमा पनि यसले पूरा अंक प्राप्त गर्यो, र भेहिकल–बेस्ड मूल्यांकनमा १३ मध्ये ९ अंक (६९%) हासिल गर्यो। यी नतिजाहरूले स्कोडाले बच्चाहरूलाई महत्त्व दिएको देखाउँछन् र परिवारका लागि किलाक एक अत्यन्तै सुरक्षित र भरपर्दो विकल्प भएको पुष्टि गर्छन्।

कायलाकको यो उत्कृष्ट सुरक्षा प्रदर्शनले स्कोडा कुशाक र स्लाभिया जस्ता मोडलले ग्लोबल एनक्याप मा फाइभ–स्टार प्राप्त गरेको स्कोडाको सेफ्टी लिगेसीलाई निरन्तरता दिएको कम्पनीले बताएको छ। स्कोडाले सधैं सुरक्षालाई प्राथमिकतामा राख्दै आएको छ। कायलाकको सुरक्षासम्बन्धी नतिजाहरूले ब्रान्डको वास्तविक सडक यात्रामा सबै यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धतालाई फेरि पुष्टि गरेको जनाइएको छ।

सुरक्षा सँगसँगै कायलाकमा आराम, शैली र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन छ, जसले यसलाई भारतीय ग्राहकका लागि भरपर्दो र सन्तुलित एसयूभी बनाउँछ। यो एसयूभीले विश्वस्तरीय सुरक्षा मानक पूरा गर्ने मात्र होइन, दैनिक प्रयोगमा आवश्यक हुने व्यावहारिक सुविधाहरू पनि प्रदान गर्दछ। फाइभ–स्टार भारत एनक्याप रेटिङले यसको विश्वसनीयता मात्र बढाएको छैन, यात्रु र परिवारजनको सुरक्षा सर्वोपरी ठान्ने ग्राहकलाई मानसिक सान्त्वनासमेत प्रदान गरेको  कम्पनीको दाबी छ।

कम्पनीका अनुसार,  नेपालमा यसप्रति चासो बढ्दै जाँदा अटोमोबाइल मन पराउने र आम मानिसहरू स्कोडा काइलाकको अफिसियल लन्चको प्रतीक्षामा छन्। उच्चकोटिको सुरक्षा, अत्याधुनिक डिजाइन र उन्नत सुविधाहरूको संयोजन भएको काइलाकले नेपाली बजारमा इन्ट्री-लेभल एसयूभीहरूका लागि नयाँ बेन्चमार्क कायम गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

कायलाकमार्फत स्कोडा इन्डियाले इन्ट्री–लेभल एसयूभी सेग्मेन्टमा नयाँ सुरक्षा स्तर सफलतापुर्वक स्थापना गरेको बताइएको छ। कम्पनीका अनुसार, क्र्यास टेस्टमा प्राप्त बलियो नतिजा, व्यापक सुरक्षा सुविधा र यात्रुको सुरक्षाप्रति निरन्तरको प्रतिबद्धताले गर्दा स्कोडाको उत्कृष्टता झनै मजबुत भएको छ। भारत एनक्याप परीक्षण पास गर्ने स्कोडाको पहिलो मोडलका रूपमा कायलाकले सुरक्षालाई विकल्प होइन, ब्रान्डको प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

  • स्कोडा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

ताजा

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.