• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ जेठ २०८३, आइतबार
२४ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • ७ घण्टा 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • १ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • २ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • २ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • २ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. एलपीएल २०२६ मा नेपाली क्रिकेटको बलियो उपस्थिति : दिपेन्द्र, सन्दीप र कुशल छनोट

  • २. सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

  • ३. विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

  • ४. ओमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ?

  • ५. २०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेता घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

  • ७. मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधीको भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद

  • ८. नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट

  • ९. २०८३ जेठ २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. अतिरिक्त तरलता तान्न राष्ट्र बैंकले ३० अर्ब संकलन गर्दै

टिकटक बन्यो फिफाको प्रथम रुचाइएकोको प्लेटफर्म: फ्यानहरूको अझै नजिक बन्नेछ फिफा विश्वकप २०२६

जानकारी केन्द्र २०८२, माघ, ४

काठमाडौं ।  टिकटकले फिफासँग एक सम्झौता मार्फत् विश्वव्यापी साझेदारी गरेको छ, जसअनुरुप टिकटक फिफाको आजसम्मकै प्रथम रुचाइएको प्लेटफर्म बन्नेछ। यस साझेदारी मार्फत फिफा विश्वकप २०२६ को आधिकारिक कभरेज विस्तार हुनेछ भने बीहाइण्ड-द-सीन एक्सेस र इन्टरएक्टिभ फ्यान अनुभवहरू उपलब्ध हुनेछन्।

सन् २०२६ को अन्त्यसम्म कायम रहने यो साझेदारीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगितालाई डिजिटल माध्यमबाट अनुभव गर्ने नयाँ चरणको सुरुवात गरेको बताइएको छ। यसमा टिकटकले लाइभ खेल प्रसारणका अलावा समर्थक र कन्टेन्ट क्रिएटरहरूलाई प्रतियोगितासँग जोड्ने केन्द्रीय भूमिका निभाउनेछ।

यस सहकार्यले टिकटकलाई मौलिक सामग्रीको वृद्धिसँगै फिफा विश्वकप २०२६ को अझ व्यापक कभरेज प्रदान गर्न सक्षम बनाउनेछ। प्रतियोगिताभर टिकटकले समर्थक र क्रिएटरहरूका लागि मुख्य प्लेटफर्मका रूपमा स्थापित हुँदै इन्टरएक्टिभ र समुदायमा आधारित फुटबल अनुभव प्रदान गर्नेछ।

यो साझेदारी फिफा महिला विश्वकप २०२३ का क्रममा टिकटक र फिफाबीच भएको सफल सहकार्यको निरन्तरता हो, जसले विश्वभर दशौँ अर्ब भ्युज प्राप्त गर्दै खेल सामग्री उपभोगमा डिजिटल प्लेटफर्महरूको बढ्दो भूमिकालाई स्पष्ट पारेको थियो।

रुचाइएको प्लेटफर्म साझेदारीको मुख्य आधार टिकटकको इमर्शिभ फिफा विश्वकप २०२६ हब हुनेछ। TikTok GamePlan द्वारा सञ्चालित यो हबमार्फत समर्थकहरूले ४८ टिम सहभागी हुने प्रतियोगितालाई जीवन्त बनाउने रोचक सामग्री, खेल टिकट तथा प्रसारणसम्बन्धी जानकारी, साथै कस्टम स्टिकर, फिल्टर र गेमिफिकेसनजस्ता सहभागितामूलक सुविधाहरू प्राप्त गर्नेछन्।

फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले भने, “फिफाको लक्ष्य फिफा विश्वकप २०२६ को उत्साहलाई सम्भव भएसम्म धेरै समर्थकहरूसम्म लैजानु हो। प्रतियोगिताको प्रथम रुचाइएको प्लेटफर्मका रूपमा टिकटकलाई चयन गर्नु यो लक्ष्यलाई अघि बढाउने सबैभन्दा उपयुक्त माध्यम हो। यस सहकार्यले विश्वभरका अझ धेरै समर्थकहरूलाई फिफा विश्वकपसँग अभूतपूर्व रूपमा जोड्नेछ।”

टिकटकका ग्लोबल हेड अफ कन्टेन्ट जेम्स स्टाफोर्डले भने, “पछिल्ला केही वर्षमा टिकटकमा फुटबलको विश्वव्यापी लोकप्रियता तीव्र रूपमा बढेको छ। फिफाको प्रथम रुचाइएको प्लेटफर्म बनेकोमा हामी उत्साहित छौँ, जहाँ समर्थकहरूले ९० मिनेटको खेलका अलावा पनि विशेष कन्टेन्ट र अभूतपूर्व क्रिएटर पहुँचमार्फत फिफा विश्वकप २०२६ को अनुभव लिन सक्नेछन्। TikTok GamePlan ले खेलप्रतिको उत्साहलाई हाम्रो खेल साझेदारहरूका लागि फलदायी व्यावसायिक परिणाममा रूपान्तरण गर्छ।”

पहिलो पटक टिकटक र फिफाले व्यवस्थित विश्वव्यापी क्रिएटर कार्यक्रम पनि सुरु गर्ने छन्। यस अन्तर्गत छनोट भएका क्रिएटरहरूले प्रेस कन्फरेन्स र ट्रेनिंग सेसन जस्ता बिहाइन्ड-द-सीन मोमेन्टहरूमा पहुँच पाउनेछन्। साथै, ठूलो सङ्ख्याका क्रिएटरहरूले फिफाका ऐतिहासिक फुटेज प्रयोग गर्न तथा को-क्रियट गर्ने अवसर पाउनेछन्, जसबाट समर्थकहरूले विश्वकप अनुभवलाई नयाँ र फरक दृष्टिकोणबाट हेर्न सक्नेछन्।

  • jankari
  • jankari kendra
  • jankarikendra
  • TikTok
  • फिफा विश्वकप २०२६
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

ताजा

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.