नेप्से परिसूचकमा ३१ अंकको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ३१.१२ अंकले बढेर २६७२.५५ बिन्दुमा पुगेको छ। बजारमा व्यापक खरीद चाप देखिँदा समग्र कारोबार पनि उत्साहजनक बनेको हो।
आज ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा कुल ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यसदिन फाइनान्स र विकास बैंक समूहमा बलियो बुल देखिएको छ। फाइनान्स समूहको सूचक ५.७३ प्रतिशतले उक्लिएको छ भने विकास बैंक समूह ३.०३ प्रतिशतले बढेको हो। बजारका १३ वटै उपसूचक हरियालीमा बन्द भएका छन्।
कारोबार अवधिमा २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ। ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। आज सागर डिस्टिलरी, उन्नती सहकार्य, श्रीनगर र गोर्खाज फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसले बजारमा लगानीकर्ताको मनोबल थप उच्च बनाएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

