काठमाडौं । शेयर बजारमा आज उल्लेखनीय सुधार देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.२६ अंकले बढेर २७१४.८१ बिन्दुमा पुगेको छ । आज ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।
यस दिन सबैजसो समूहमा हरियाली देखिएको छ । १३ उपसूचकमा वृद्धि देखिँदा वाणिज्य बैंक समूह १.२४ प्रतिशत, विकास बैंक समूह १.४५ प्रतिशत, फाइनान्स समूह ०.९७ प्रतिशत र होटल तथा पर्यटन समूह ३.३६ प्रतिशतले बढेको छ ।
कारोबारका आधारमा मंगलबार २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।




