काठमाडौं । हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मुल्य आज २ हजार ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो कारोबारको दिन सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ५ हजार ८ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा ५०० रुपैयाँले कम रहेको छ ।





