Jankari Kendra
२९ भाद्र २०८३, सोमबार
Worldlink

नेप्से परिसूचकमा ९ अङ्कको वृद्धि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, माघ, ९
नेप्से परिसूचकमा ९ अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ९.२३ अंकले बढेर २७१४.६१ बिन्दुमा पुगेको छ। कारोबार अवधिभर बजार सकारात्मक रहँदा सूचक हरियालीमा बन्द भएको हो।

आज ३३२ कम्पनीका १ करोड ९० लाख ७५ हजार ९७ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ पुगेको छ।

आजको कारोबारमा १० वटा उपसूचकमा वृद्धि देखिएको छ। विकास बैंक समूहको सूचक १.५१ प्रतिशत, फाइनान्स समूहको २.३८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२६ प्रतिशत र हाइड्रोपावर समूहको ०.८६ प्रतिशतले बढेको छ।

कारोबारमा सहभागी कम्पनीमध्ये १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको घटेको छ। बाँकी १० कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। लगानीकर्ताको सक्रिय सहभागितासँगै बजारमा उत्साह देखिएको विश्लेषकहरूले बताएका छन्।

Top Changing Nepal

युट्युब सट्स